भरतपुर,कार्तिक २२
चितवनमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले असोज २७ गतेनै जारी गरिएको १४ बुँदे निर्देशनको बुँदा नम्बर ३ मा भेलाभई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुद लगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निर्देशन अटेरी गर्नेलाई कारबाही हुने बताउनुभयो ।
आवागमन तथा जमघटले कोरोना संक्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन सुझाएको छ । उहाँका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण संक्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको छ । “यही २६ गते बस्ने बैठकले थप निर्णयहरु सार्वजनिक गर्नेछ”, उहाँले भन्नुभयो, “दशैदेखि छठसम्मका चाडपर्व लक्षित गरेर सार्वजनिक सूचना जारि गरिसकेका थियौँ, फेरी सूचना निकाल्ने छौँ ।” पटाका, अतिसबाजी लगायतका विष्फोटक पदार्थ ओसार पसार तथा प्रयोग नगर्न समेत अनुरोध गरेको छ ।
“सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै छौँ, एकिकृत सुरक्षा योजना तयार छ”, उहाँले भन्नुभयो, “निर्देशन अटेर गर्नेलाई फिल्डमै तत्कालै कारबाही गर्नेछौँ ।” जुवातास, चिट्ठा खेल्ने लगायतका गतिविधिमा समेत रोक लगाइएको छ । “मेला, सांस्कृतिक कार्यक्रम पनि नगरौँ”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम बढ्दो छ, सबैले एकाघारमै बसेर पर्व मनाउँ ।” चितवनमा २१ गतेसम्म ४ हजार ८ सय ६० जनामा कोरोना संक्रमण भैसकेको छ । जसमध्ये ७२ जनाले ज्यान गुमाएका छन् । चितवनमा हाल १ हजार ६ सय ६३ जना सक्रिय संक्रमित छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...