२०७९ चैत्र १०
March 24, 2023, Friday

जित नजिक पुगेका बाइडेन भन्छन्-‘कोरोना नियन्त्रणमा पहिलो कदम चाल्नेछु’

जित नजिक पुगेका बाइडेन भन्छन्-‘कोरोना नियन्त्रणमा पहिलो कदम चाल्नेछु’

काठमाडौं,कार्तिक २२

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले कोरोना महामारी नियन्त्रणमा पहिलो कदम चाल्ने घोषणा गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गरेका बाइडेनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका विज्ञसँग सल्लाहसमेत गरिरहेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बोधनका क्रममा उनले मृत्यु भइसकेकालाई बचाउन असम्भव रहेपनि जीवितहरुलाई दीर्घ बनाउन सकिने बताएका थिए ।
यस्तै उनले आफू जित नजिक पुगेको भन्दै सबै मत गणना भएपछि भारी मतले विजयी हुने समेत दावी गर्दै आफूविरुद्ध परेका मतहरुको सम्मान गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मेराविरुद्ध पनि मत परेका छन् । तिनको पनि सम्मान गर्नेछु । राष्ट्रपतिको रुपमा गर्ने यही हो, सबैको पक्षमा काम गर्ने छु ।’ उनले आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका थिए । एजेन्सी

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७७ कार्तिक २२, शनिबार ०७:४४ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७७ कार्तिक २२, शनिबार ०७:४४ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७७ कार्तिक २२, शनिबार ०७:४४ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

TOP