२०८० चैत्र १६
March 29, 2024, Friday

हास्य कलाकार मनोज गजुरेलको मृत्युको हल्ला फैलाइँदै, गजुरेल भन्छन्-‘आराम छु’

हास्य कलाकार मनोज गजुरेलको मृत्युको हल्ला फैलाइँदै, गजुरेल भन्छन्-‘आराम छु’

काठमाडौं,कार्तिक २२
हास्य कलाकार मनोज गजुरेल यतिबेला कोरोना संक्रमण भएर हस्पीटलमा उपचाररत छन् । राजधानीको शशष्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत कलाकार गजुरेलको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाइएको पाइएको छ ।

केही सामाजिक प्रयोगकर्ताले मनोज गजुरेलको कोरोना संक्रमणबाट मृत्यु भएको भन्दै फेसवुकमा श्रद्धाञ्जली व्यक्त गर्न थालेपछि कलाकार गजुरेलले हिजो राती नै आफु ठिक रहेको प्रष्ट्याएका छन् । ९ घन्टा अगाडी मनोजले लेखेका छन्–‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

एक साताअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै बसेका गजुरेलको फोक्सोमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

फोक्सोमा निमोनियाँ देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको थियो । गजुरेलको स्वास्थ्यउपचारमा संलग्न शशष्त्र प्रहरीका चिकित्सकका अनुसार उनको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ ।

तथापि, केहीले सामाजिक सञ्जालहरुमा मनोज गजुरेलको मृत्यु भन्दै श्रद्धाञ्जली दिन थालेपछि उनका प्रशंशक चिन्तित भएका छन् । मनोज गजुरेलसँग नियमित सम्पर्कमा रहेका अर्का हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि गजुरेलको पछिल्लो स्वास्थ्यवस्था अपडेट गरेका थिए ।

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७७ कार्तिक २२, शनिबार ०४:४२ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक २२, शनिबार ०४:४२ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७७ कार्तिक २२, शनिबार ०४:४२ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

TOP