काठमाडौँ,कार्तिक २३
बार्सिलोनाले ला लिगा अन्तर्गत रियल बेटिसविरुद्ध सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने उसमान डेम्बेले, एन्टोनी ग्रीजम्यान र पेड्रीले एक एक गोल गरेका छन् । त्यस्तै खेलको ३३औ मिनेटमा ग्रीजम्यानले पेनाल्टी मिस गरेका थिए । यस खेलमा मेसी खेलको दोस्रो हाफमा अन्सु फातीलाई रिप्लेस गर्दै सब्सटिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए ।
त्यस्तै रियल बेटिसका लागि एन्टोनी सनाब्रिया र लोरेन्जो जिसस मोरोनले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका एइस्सा मन्डीले खेलको ६०औ मिनेटमा रातो कार्ड पाएर बाहिरएपछि रियल बेटिस १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको ७ खेलमा ११ अंक भएको छ भने लिगको आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै रियल बेटिसको ९ खेलमा १२ अंक छ र लिगको सातौं स्थानमा रहेको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...