काठमाडौं,कार्तिक २३
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको कोब्रा किङ्ग र टर्की पटका प्रहरीले पक्राउ गरेको छ । तिहार तथा छठ पर्वमा पड्काउनका लागि भारतबाट नेपाल भित्र्याउँदै गरेको पटका मोरङ सुनवर्सी नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सिक्टीको गस्ती टोलीले ७ बण्डल कोब्रा ९३५० प्याकेट र ३ बण्डल टर्की ९१५० प्याकेट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनबर्सीको रन्ना टोलमा भारतबा अवैधरुपमा ल्याएको पटका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार पटाका शनिबार राती नियन्त्रणमा लिएको हो ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...