काठमाडौं,कार्तिक २३
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मेनवेल लोपेस ओब्राडोरले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाइ अहिले नै बधाई दिनु हतार हुने बताएका छन् । कयौँ देशका प्रधानमन्त्री, नेताहरूले बधाई दिइरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो ।
उनी बधाई दिन धेरै चाँडो भएको भन्दै कानुनी मुद्दा समाप्तपछिको अवधि कुरिरहेका छन् बधाई दिन । उनको संकेत राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले लगाएको निर्वाचन धाँधलीतर्फ थियो । ट्रम्पले धाँधली भएको भन्दै अदालतमा निवेदन दिएका थिए । यद्यपी उनले दाबी सम्बन्धमा कुनै प्रमाण पेश गरेका छैनन् ।
यसैलाइ मध्येनजर गर्दै मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सञ्चार माध्यमहरूसँग भने- ‘म कुनै लापरवाही गर्न चाहन्नँ । म मानिसहरूको फैसला र हकको सम्मान गर्न चाहन्छु ।’
अमेरिकाको ४६ औँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।
बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । तर, ट्रम्पले अझै पनि यो नतिजालाई स्वीकार गरेका छैनन् । यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ । (एजेन्सी )
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...
हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...