२०७९ चैत्र १८
April 1, 2023, Saturday

मोटरसाइकल चोरी गर्ने गिरोह चितवनमा पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह चितवनमा पक्राउ

काठमाडौं,कार्तिक २३

मोटरसाइकल चोरी गर्ने एक समूहलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन लगायत विभिन्न जिल्लामा मोटरसाइकल चोरी गर्ने तथा चोरीको मोटरसाइकल खरिद गर्ने ७ जनालाई चितवन प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले मोटरसाइकल चोरी गर्ने बारा जिल्ला करैयमामाइ गाँउपालिका वडा नम्बर ५ घरभई हाल खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी, सोही स्थान ५ घर भई हाल भरतपुर ३ बस्ने बर्ष १९ को राकेश चौधरी, बारा केल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरीलाई पक्राउ गरेको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ वर्षीय दिनेश गुरुङ र भरतपुर ११ बस्ने बर्ष २५ को मनोज दराई समेत पक्राउ परेका छन् ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । त्यस्तै प्रहरीले उनीहरूसँग चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी र सोहि स्थानका २८ वर्षीय अमित चौधरीलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । चोरी भएका मोटरसाइकलहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ हो । प्रहरी आफैँ ग्राहक बनेर समेत अनुसन्धानमा खटिएको थियो ।

उनीहरूको साथबाट प्रहरीले ग १० प ९६०७ नं।को बजाज पल्सर २०० एन एस मोटरसाईकल ९वास्तविक नम्बर ना ५३ प ९७६४००, प्रदेश ०३–०२–००९ प ६८२९ नं।को सेतो केटिएम २०० सि।सि।मोटरसाईकल, प्रदेश ०३-०३-००१ प ५२२६ नं.को २२० सि.सि. को मोटरसाईकल पार्टपुर्जा खोलेको अवस्थामा फेला पारेको छ ।

यस्तै बा५६ प ५९९५ नं को २०० सि.सि. को केटिएम मोटरसाईकल, ना१८प ६३२ नं- को १५० सि।सि। को पल्सर मोटरसाइकल, प्रदेश ३–०३–००१प ३४९६ नं। को १५० सि।सि। मोटरसाइकल, बा।८१प- ५११४ नं- को २२० सि.सि. को पल्सर मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ कार्तिक २३, आईतवार ०७:४० गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ कार्तिक २३, आईतवार ०७:४० गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ कार्तिक २३, आईतवार ०७:४० गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP