२०८० चैत्र १६
March 29, 2024, Friday

अमिताभलाई युजर्सले दिए जवाफ, ‘वाइयात फिल्म हेरेर तपाईंलाई सुपरस्टार बनाए’

अमिताभलाई युजर्सले दिए जवाफ, ‘वाइयात फिल्म हेरेर तपाईंलाई सुपरस्टार बनाए’

काठमाडौं,कार्तिक २३
बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै एक्टिभ रहने गर्दछन् । उनी फ्यानको साथ तस्बिर र भिडियो शेयर गरिरहन्छन् । हालै अभिनेताले एक तस्बिर शेयर गरेका छन् । जुन निकै भाइरल भैरहेको छ ।

तस्बिर केबीसी कोन बनेका करोपतिको सेटमा लिइएको हो । तस्बिरमा अमिताभ सेटमा उभिएर ताली बजाईरहेका छन् । तस्बिरको क्याप्सनले फ्यानलाई निकै आकर्षित गरेको छ ।

उनले तस्बिर शेयर गर्दै लेखेका छन् ‘यो दुनियाका मानिसहरुमा फुर्सद धेरै रहेको छ ।’ तस्बिरका पछाडी अमिताभले तीन आचार्य बादक चिन्न समेत राखेका छन् । फ्यानले तस्बिरलाई निकै लाईक र कमेन्ट समेत गरिरहेका छन् ।

अमिताभको पोष्टमा एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् ‘त्यही भएर तपाईको वाइयात फिल्म हेरेर सुपरस्टार बनाएका छन् ।’

अर्का एक युजर्सले लेखेका छन् ‘मानिसहरुसँग तीन घन्टाको समय रहेको छ । त्यसैले त तपाई जस्तो कलाकारको घर चलेको छ ।’

त्यस्तै अर्को एक युजर्सले लेखेका छन् ‘किन आफ्नो इज्जत घटाउन लाग्नु भएको छ । जसरी तपाई हाम्रो नजरमा हिरो हुनुहुन्थ्यो । त्यति नै जिरो हुने भएको छ ।’

कामको कुरोगर्ने हो भने अमिताभ पछिल्लो समय केबीसी १२ को होस्ट गरिरहेका छन् । यसको अलवा उनी फिल्म ‘ब्राहस्त्र’मा समेत देखिदैछन् ।

फिल्म ‘चेहरे, ‘झुड’ र ‘मेडे’मा पनि उनको अभिनय रहनेछ । फिल्म ‘मेडे’मा उनी ७ बर्षपछि अजय देवगनसँग देखिन लागेका हुन् । (एजेन्सी)

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७७ कार्तिक २३, आईतवार ०५:५३ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ कार्तिक २३, आईतवार ०५:५३ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७७ कार्तिक २३, आईतवार ०५:५३ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

TOP