काठमाडौं,कार्तिक २४
नागार्जुन नगरपालिका-३ ईचङ्गुनारायण बस्ने लाल बहादुर बिष्टलाई १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ किलो १ सय ८० ग्राम चरेस जस्तो देखिने वस्तु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिष्टको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त परिमाणको पदार्थ र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४ बैरियाघाटबाट नियन्त्रित लागूऔषध ५० एम्पुल फेनारगन, ५० एम्पुल बुप्रिनोर्फिन र ५० एम्पुल डाइजेपाम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका-१ बस्ने ३० वर्षीय भुमिराज थापा र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय ब्रिटिस थापा मगर रहेका छन् ।
प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स८ प ९०९५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकल चालक ब्रिटिस र मोटरसाइकलमा सवार भुमिराजलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१० जमुनाहबाट ८० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बर्दिया राजापुर नगरपालिका-५ बस्ने २० वर्षीय डम्मर चलाउने र नेपालगंज उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय फरमान राई रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेका उनीलाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...