काठमाडौं,कार्तिक २४
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले चिकित्सक तथा नर्स माग गरेको छ । अस्पतालले विभिन्न पदहरुमा चिकित्सक तथा नर्सहरु माग गरेको हो । सूचना अनुसार अस्पतालले स्वास्थ्य सेवा अन्तरगत कन्सल्टेन्ट इमाटोलोजी, इएनटी सर्जन, साइक्याट्रिक, मेडिकल जनरलिष्ट, रेडियोलोजिष्ट माग गरेको छ ।
कार्तिक २१ गते प्रकाशित सूचना अनुसार अस्पतालले मेडिकल अधिकृत २ जना, नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स ८ जना तथा अ। हे।व। ३ जना माग गरेको छ ।
करार सेवाको लागि दरखास्त पेश गर्ने व्यक्तिले सहायक स्तरको पदको हकमा रु ६०० र अधिकृत स्तरको पदको लागि दरखास्त पेश गर्नेहरुको लागि रु १००० दस्तुर बुझाउनु पर्नेछ । भने, दरखास्त सप्तरी राजविराज स्थित अस्पतालमै बुझाउनु पर्नेछ । इच्छुक उम्मेद्वारले मंसिर ११ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...