काठमाडौं,कार्तिक २४
महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका-२ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका-३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको छ ।
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...