काठमाडौं,कार्तिक २४
लाभग्राहिको सहजताका लागि चितवनको खैरहनी नगरपालिकाले छुट्टाछुट्टै बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नगरका सबै वडाको फरक फरक बैंकबाट भत्ता दिन थालिएको नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए ।
चालू आर्थिक बर्षको पहिलो चौमासिकबाटै लाभग्राहिले यो सुविधा पाएका छन् । वडा नम्बर ६ र ७ को एउटै बैंकबाट भत्ता दिए पनि अरु वार्डको भने छुट्टाछुट्टै बैंकबाट भत्ता प्राप्त गर्ने मेयर चौधरीले बताए । ‘सिमित बैंकबाट भत्ता वितरण गर्दा लाभग्रागिलाई समस्या परेको थियो । उहाँहरुलाई सरल र सहज सेवा प्रवाहका लागि प्रत्येक वडाको भत्ता फरक फरक बैंकबाट प्रदान गरिएको छ, ’ मेयर चौधरीले भने ।
सिमित बैंकबाट मात्र भत्ता वितरण गर्दा सेवाग्रहिबाट गुनासो आउने गरेक थियो । सम्बन्धित वडामा शाखारहित बैंकिङ सेवा भए सोही ठाउँबाट भत्ता वितरण हुनेछ । नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पुरुषोत्तम शर्माका अनुसार वडा नम्बर १ मा तिनाउ मिसन बिकास बैंक, वडा नम्बर २ मा ग्लोबल आइएमइ बैंक, वडा नम्बर ३ मा लक्ष्मी बैंक, वडा नम्बर ४ मा प्रभु बैंक, वडा नम्बर ५ मा बैंक अफ काठमाडौबाट भत्ता वितरण सुरु भएको छ ।
त्यस्तै वडा नम्बर ६ र ७ को पुरानो पर्सास्थित कुमारी बैंक, वडा नम्बर ८ को नयाँ पर्सास्थित कुमारी बैंक ,वडा नम्बर ९ को नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, वडा नम्बर १० को ज्योति बिकास बैंक, वडा नम्बर ११ को कृषि विकास बैंक, वडा नम्बर १२ को एनआइसी एसिया बैंक, वडा नम्बर १३ को माछापुच्छ्रे बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुनेछ ।
खैरहनीमा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ४ हजार ४३० जना लाभग्राहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । नवीकरणका लागि भने यहि कार्तिक मसान्तसम्म समय तोकिएको र यो अवधिमा नवीकरण गरेकाहरुको मंसिर पहिलो साता बैंकमा भत्ता जम्मा हुने नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत शर्माले बताए । पहिलो चौमासिकमा ५ करोड ७६ लाख रुपैयाँ बैंकमा जम्मा भएको छ ।
खैरहनीमा वार्षिक १६ करोड भन्दा बढी सामाजिक सुरक्षा भत्तामा खर्च हुँदै आएको छ । नेपाल सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, ६० वर्ष माथिको एकल, ६० वर्ष मुनिको एकल, पूर्ण अपांग, अशक्त असहाय र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...