२०७९ मंसिर २४
December 10, 2022, Saturday

अन्तर्राष्ट्रिय निर्णायकमा लामा र थापा

अन्तर्राष्ट्रिय निर्णायकमा लामा र थापा

काठमाडौं,कार्तिक २५
नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ । लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पाकानोन र चियानी उत्कृष्ट
काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए। चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्। उनीहरू अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएका प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन्। पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन्। यस्तै महिलातर्फको पुरस्कारको प्रायोजन होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक देउकाजी गुरुङले गरेका छन्।

च्याम्पियनसिपको मोस्ट लाइक भिडियोको निर्णय भने आगामी शुक्रबार मात्रै गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए। युट्युबमा सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रूपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

च्याम्पियनसिपमा मलेसिया टिम च्याम्पियन बनेको छ। मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो। यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ। मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको छ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो। च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

Related News

त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
  • २०७७ कार्तिक २५, मंगलवार ०५:३८ गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
  • २०७७ कार्तिक २५, मंगलवार ०५:३८ गते

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको...

जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
  • २०७७ कार्तिक २५, मंगलवार ०५:३८ गते

काठमाडौं, महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइ दिने गरी पत्र दिने निर्णयविरुद्धको रिटमातिथको बहस...

TOP