काठमाडौं, कार्तिक २५
कार्तिक २५
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री क्याट्रिना कैफको हातमा धेरै प्रोजेक्टहरु छन् । यद्यपि लकडाउनका कारण धेरै चलचित्रहरु रिलिज हुन भने सकेका छैनन् । क्याट्रिना र अक्षय कुमारको चलचित्र ‘सूर्यवंशम’ रिलिजको तयारीमा थियो । त्यसैबेला लकडाउन भयो ।
त्यस्तै ईशान खट्टर र सिद्धान्त चतुर्वेदी रहेको चलचित्र ‘फोन भूत’ र सलमान खानका साथ बहुप्रतीक्षित चलचित्र ‘टाइगर ३’ को पनि रिलिज अवरुद्ध भयो । यसै क्रममा, क्याट्रिनालाई अर्को एउटा झट्का लाग्यो । भारतीय सञ्चार माध्यमका अनुसार क्याट्रिना चलचित्र निर्माता अली अब्बास जफरसँगै मिलेर एउटा ठूलो प्रोजेक्टको लागि तयारी गर्दै थिइन् । जुन अहिले बन्द भएको छ । मिडिया रिपोर्टका अनुसार क्याट्रिना यस प्रोजेक्टमा सुपर नायक वा नायिकाको रूपमा खेल्ने भएकी थिइन् ।
क्याट्रिनाले पनि यस चलचित्रको लागि तयारी सुरु गरिसकेकी थिइन् । सो चलचित्रका लागि धेरै पसिना पनि बगाइरहेकी थिइन् । तर अली अब्बासले अहिलेसम्म यस चलचित्रको लागि भने कुनै निर्माता फेला नपारेको भारतिय सञ्चार माध्यमहरुले जनाएको छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...