काठमाडौं,कार्तिक २८
मैत्रीपूर्ण फुटवल खेल्न बंगलादेश पुगेको नेपाली फुटवल टीमले अहिले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलिरहेको छ ।
खेलको पहिलो हाफमा नेपाल १-० ले पछाडी परेको स्थिति छ । खेलको दशौं मिनेटमा बंगलादेशका मोहमद नबिबले गोल गरेका छन् बंगलादेशको राजधानी ढाकामा जारी खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरिरहेका छन् ।
टिमको डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन् । मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन् ।
नवयुग श्रेष्ठले एक्लो फरवार्डको रूपमा खेल्दैछन् ।
दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले अर्को खेल मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ । नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ पटक प्रतिस्पर्धा भएकोमा नेपालले ७ खेलमा तीन निकालेको छ । १३ खेलमा नेपाल पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन् ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...