काठमाडौँ,कार्तिक २८
दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौट अन्तर्गत अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार सम्पन्न खेलमा अर्जेन्टिना पराग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
अर्जेन्टिनाका लागि निकोलस गोन्जालेजले खेलको ४१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि पराग्वेका लागि खेलको २१औ मिनेटमा एन्जल रोमेरोले पेनाल्टीबाट गोल गर्दै शुरुवाती अग्रता लिएका थिए ।
यो बराबरीपछि अर्जेन्टिना अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक रहेको छ । त्यस्तै पराग्वेको भने एक जित र २ बराबरीसहित ५ अंक रहेको छ ।
विश्वकपमा दक्षिण अमेरिकाका १० देश मध्ये यस क्षेत्रबाट शिर्ष स्थानमा रहने ४ देश विश्वकपका लागि छनौट हुने छन भने एक देश अन्तरमहादेशीय छनौट खेल्न पाउने छन् ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...