काठमाडौं,कार्तिक २९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको एकल प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
शनिबार (आज) आफ्नो आधिकारिक फेसबूकमार्फत् प्रस्ताव फिर्ता लिन आग्रह गरेका पोखरेलले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरीत सचिवालय बैठकमा प्रथम अध्यक्षविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेको बताएका छन् ।
यस्तैै पोखरेलले अध्यक्ष दाहालको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिङ्गो पार्टी पङ्तिले गरिरहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीका गोजीको मान्छे मानिने पोखरेलले लेखेका छन्-’म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’
शुक्रबार (हिजो) बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले गुनासोसहित ओलीको कमीकमजोरीलाई औंल्याउँदै करिब १९ पेजको राजनीतिक प्रतिवेदन तयार गरी प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा दाहालले ओलीलाई बहुमतको निर्णय नमानेको आरोप लगाएका छन् ।
यसैगरी अध्यक्ष दाहालको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोच कम्युनिष्ट पार्टीको सिद्धान्त र मान्यताविपरीत रहेको समेत उल्लेख गरेका थिए ।
करिब १ महिनापछि हिजो बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको थियो । हिजो पछि अब बैठक पुनः ३ मंसिरमा बस्ने नेकपाका सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराइसकेका छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...