काठमाडौं,मंसिर ३
दाङमा कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका-२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्ती रहेका छन् ।
प्रहरीका अनुसार सोही ठाउँ बस्ने ३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्नका लागि मंगलबार राति भरूवा बन्दुक पड्काएका थिए । तर भोजबहादुरलाई लाग्न पुग्दा उनको घट्ना स्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित टोपबहादुरलाई पक्राउ गरेको हो । टोपबहादुरलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...