काठमाडौं,मंसिर ४
भानु नगरपालिकाको विभिन्न जंगलमा चितुवा गणना गर्न क्यामरा जडान गरिएको छ । नगरपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने २२ वटा सामुदायिक वनमा चितुवा र चितुवाको आहारा प्रजातिका वस्तुको पहिचानका लागि क्यामरा जडान गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवाको तस्बिर कैद गर्न जंगलमा ६५ वटा क्यामरा जडान गरिएको जानकारी दिए । पछिल्लो समय भानुको विभिन्न वडामा चितुवाको आतंक बढ्दै गएको थियो । दुई वर्षको अवधिमा चितुवाको आक्रमणमा परी दश बालबालिकाको ज्यान गइसकेको छ भने केही घाइते भएका थिए । ‘के कारणले चितुवा बस्तीमा पस्यो, किन गाउँमै आएर बालबालिकालाई आक्रमण गर्छ, जंगलमा चितुवाका लागि चितुवा प्रजातिको आहारा के–कति छ भन्ने तथ्यांक निकाल्न जंगलमा क्यामरा फिट गरेका हौँ, हामीले १५ दिन जंगलमा क्यामरा राख्छौँ । त्यसपछि मात्रै चितुवाको संख्या के–कति छ थाहा हुन्छ,’ उनले भने ।
पछिल्लो समय चितुवा घरमै आई बालबालिकालाई आक्रमण गर्दै आइरहेको छ । क्यामराले चितुवाको मात्र नभई जंगलमा भएका अन्य चितुवा प्रजातिको आहाराको समेत तथ्यांक संकलन गर्छ । डिभिजन वन कार्यालय कास्की र तनहुँको समन्वयमा भानु नगरपालिकाको विभिन्न जंगलमा चितुवाको गणना गर्नका लागि क्यामरा राखिएको हो । क्यामरा जडानपश्चात जंगलमा भएका चितुवाको तथ्यांक संकलन गरिने सहायक वन अधिकृत मनोज रानाभाटले बताए ।
जंगलमा चितुवा, मृग, बाँदरलगायत जनावरहरू छन्, तिनीहरूको तस्बिर क्यामराले कैद गर्छ । कुन जातका मृग छन्, के–के खान्छन्, चितुवाले के खान्छ, आहारा छ कि छैन भन्ने पनि पत्ता लाग्नेछ । ‘जंगलमा पानीको समस्या भएकाले पनि पानी पिउनका लागि चितुवा बस्तीमा पस्ने गरेको हुन सक्ने अनुमान छ । त्यसैले अव क्यामराले तस्बिर कैद गरेपछि मात्रै चितुवाको विषयमा सोच्न सकिन्छ,’ उनले भने ।
पछिल्लो समय चितुवा बस्तीमै आएर बालबालिकामाथि आक्रमण हुन थालेपछि त्यस क्षेत्रमा नगरपालिकाले सूचना नै निकालेर अभिभावकलाई आफ्ना छोराछोरी एक्लै नछाड्न आग्रह गरेको थियो । त्यस्तै, साँझ र बिहानको समयमा चितुवाले केटाकेटीलाई आक्रमण गर्दै आइरहेकाले घरमै बस्न भनिएको थियो । चितुवाको आक्रमणमा परी दुई वर्षको अवधिमा भानु नगरपालिकाको विभिन्न वडामा दश बालबालिकाको मृत्यु भइसकेको छ भने पाँचजना घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...