काठमाडौँ ,मंसिर ४
सुजता अम्गाई
कोरोनाभाईरस माहामारीलाई मध्ये नजर गर्दै दर्शकहरुलाई मनोरन्जन दिने उद्देश्यले सोलुखुम्बु सोताङ गाउँपालिका घर भएका र हाल काठमाडौंमा बसोवास गर्दै आएका युवा निर्देशक तथा माइक्रेशन मिडियाका सन्चालक मिङमा शेर्पाद्धारा निर्देशन गरिएको म्युजिक भिडियो ‘चिहाएर हेर्ने आँखा राम्रो’ सार्वजनिक भएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो आइतबार काठमाडौँमा सार्वजनिक गरिएको हो । थिर थापा मगरको शब्द तथा पदम राना मगरको संगीत संयोजन रहेको गीतमा पासाङ दोर्जी शेर्पाको स्वर सुन्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन मिङमा शेर्पाले गरेका हुन् ।
म्युजिक भिडियोमा फुर्किम शेर्पा र गायक पासाङ दोर्जी शेर्पाको अभिनय रहेको छ । साथै भिडियोमा एडी शेर्पा, फुर्वा डोमा शेर्पा, आङ छेलिङ शेर्पा, ल्हाक्पा डोमा र छिरिङ दावा शेर्पा लगायतलाई देख्न सकिन्छ । गीत हिट हुनेमा विश्वस्त रहेको गायक पासाङ दोर्जी शेर्पाले सुनाए । म्युजिक भिडियोको छायाङ्कन सोलुखुम्बुको केरुङ्को पत्ताले, चागेस्थान र ताक्पीलोको विभिन्न स्थानमा गरिएको छ ।
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...
हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...