२०८० चैत्र १६
March 29, 2024, Friday

ट्राफिक प्रहरीको नयाँ अभियान – रोक,हेर र जाउँ

ट्राफिक प्रहरीको नयाँ अभियान – रोक,हेर र जाउँ

काठमाडौं,मंसिर ४
सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ ।

सवारी चलाउँदा ट्राफिक सङ्केत, अपनाउनुपर्ने सावधानी जस्ता नियमको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकले लापरवाहीपूर्ण तरिकाले जथाभावी बाटो पार गर्ने गरेको पाइएकाले उक्त अभियान थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाको शाखा सडकबाट मूल सडकमा सहजै ट्राफिक सङ्केतको पालना गराउन ३८० स्थानमा ट्राफिक प्रहरी खटाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

‘भित्री सडकबाट मुख्य सडकमा निस्कँदा ‘पर्ख, हेर र जाउँ’ भन्ने ट्राफिक नियम कतिपय सवारी चालकले पालना नगरेकाले दुर्घटनासमेत हुने गरेको छ, त्यसैले नियम पालना गराउन तथा सिकाउन चोकमा ३८० ट्राफिक प्रहरी खटाइएको हो’, महाशाखाका प्रमुख ढकालले भने । उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोकमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन उक्त अभियान थालिएको महाशाखाको भनाइ छ ।

बुधबारबाट शुरु भएको अभियानमा एकै दिन तीन हजार ५०० चालकलाई उक्त सङ्केत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाइबुझाई पालना गर्न सचेत गराइएको छ । काठमाडौं उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको सङ्केत बोर्डको पूर्ण पालना गर्ने शर्तमा चालकलाई छाडिएको प्रहरीले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकले स्वअनुशासित भई उक्त ‘रोक, हेर र जाउँ’ को नियम पालना गरी जाम तथा दुर्घटनारहित यात्रा गर्न पनि माहशाखाले अनुरोध गरेको छ । रासस

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७७ मंसिर ४, बिहीबार ०५:१६ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन
  • २०७७ मंसिर ४, बिहीबार ०५:१६ गते

काठमाण्डाै – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको अर्धस्वचालित हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ मंसिर ४, बिहीबार ०५:१६ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP