काठमाडौं,मंसिर ५
भारतिय लोकप्रिय हाँस्यकलाकार कपिल शर्मा फेरि बुबा बन्दै छन् । यद्यपि कपिल र गिन्नीले यसबारे पुष्टि भने गरेका छैनन् । तर भारतिय सञ्चार माध्यमका अनुसार जनवरी २०२१ मा दोस्रो बच्चा जन्मने भएको छ । गिन्नी गर्भावस्थाको अन्तिम चरणमा पुगेकी छिन् । उनले जनावरी २०२१ मा दोस्रो बच्चाको जन्म दिने भएकी छिन् । कपिलकी आमा उनको हेरचाह गर्न पंजाबबाट मुम्बई आइसकेकी छिन् ।
भर्खरै मात्र करवाचौथ उत्सवको क्रममा हाँस्य कलाकार भारती सिंहले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा गिन्नीको पेटमा बच्चा भएको देखिएको थियो।यद्यपि कपिलले दिपावलीमा पारिवारिक फोटो सामाजिक सञ्जालमा सेयर गर्दा गिन्नी कुर्सीको पछाडि उभिएकी थिइन् । जसमा उनको पेट छोपिएको थियो ।
कपिलको १० डिसेम्बर २०१९ मा पहिलो सन्तान छोरी जन्मिएकी थिइन् । एजेन्सी
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...