२०८० चैत्र १६
March 29, 2024, Friday

‘आदिपुरुष’ को रिलिज मिति घोषणा, मुख्य भूमिकामा प्रभास

‘आदिपुरुष’ को रिलिज मिति घोषणा, मुख्य भूमिकामा प्रभास

काठमाडौं,मंसिर ५

बाहुबलीका अभिनेता प्रभास लामो समयदेखि आगामी चलचित्र ‘आदिपुरुष’ को लागि चर्चामा थिए । छायाँकन सुरू नहुँदै अहिले यस चलचित्रको रिलिज मिति घोषणा गरिएको छ ।

यस वर्षको सुपरहिट चलचित्र ‘तन्हा जी द अनसंग योद्धा’ का निर्देशक ओम राउतले आफ्नो अर्को चलचित्र ‘आदिपुरुष’ को रिलिज मिति घोषणा गरेका हुन् । उक्त चलचित्रको रिलिज मिति सामाजिक सञ्जालमार्फत् घोषणा गरिएको हो । उनका अनुसार ‘आदिपुरुष’ ११ अगष्ट, २०२२ मा सिनेमा हलहरूमा रिलिज हुनेछ ।

ठुलो बजेटमा निर्माण हुन लागेको सो चलचित्रमा प्रभास मुख्य भूमिकामा देखिँदै छन् । जसमा उनले आदिपुरुषको भूमिका निभाउने छन् । तर, सीताको भूमिका कसले निभाउने भन्नेबारे अझैसम्म निर्माताहरुले खुलाएका छैनन् । सीताको भूमिकाको लागि धेरै अभिनेत्रीहरुको नाम जोडिएको छ । उक्त भूमिकाका लागि कियारा आडवाणी, अनुष्का शर्मा, कृति सैनन र दीपिका पादुकोणको नाम चर्चामा थियो । तर, फाइनल को भयो भन्ने कुरा खुलाइएको छैन ।

भारतिय सञ्चार माध्यमका अनुसार सो चलचित्र ३५० करोडदेखि ४०० करोडसम्मको बजेटमा निर्माण हुने भएको छ । सो चलचित्रको छायाँकन २०२१ बाट सुरु हुने बताइएको छ । उक्त चलचित्रसँग आबद्ध रहेका व्यक्तिहरूले यस चलचित्रले पनि बाहुबलीले जस्तै नयाँ इतिहास सिर्जना गर्ने दाबी गरेका छन् । प्रशंसकहरु पनि यस चलचित्रलाई लिएर निकै उत्साहित छन् । (एजेन्सीं)

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७७ मंसिर ५, शुक्रबार १०:३२ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ मंसिर ५, शुक्रबार १०:३२ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७७ मंसिर ५, शुक्रबार १०:३२ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

TOP