२०८० जेष्ठ २२
June 5, 2023, Monday

उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भयो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भयो छठ पर्व

काठमाडौं,मंसिर ६
छठ पर्वको विधिवत समापन भएको छ । छठ पर्वका बर्तालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको विधिवत अन्त्य गरेका हुन् । तिन दिन सम्म मनाईने छठ पर्वमा बर्तालुले सुर्य भगवानको पुजा आराधना गर्ने गर्छन् । हिजो साँझ बर्तालुले अस्ताउँदो सुर्यलाई पुजा आराधना गरेका थिए ।

तराईमा धुमधामपूर्वम मनाईने छठ आजभोली पहाडी क्षेत्र र समुदायमा पनि फैलँदो छ । काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरु जोडिएका पहाडी जिल्लाहरुमा समेत छठ पर्व धुमधामले मनाइने गरेको छ ।

चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी छठ समापन गर्ने परम्परा छ ।

छठका व्रतालुहरु आज विहान सूर्योदयसँगै नजिकका खोला किनारा, तलाउहरुमा गएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य दिने गर्छन् ।

छठ पर्वमा सुर्यको उपासना गर्दा अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतकका रुपमा लिइन्छ ।

तराईका ठूलो शहर विराटनगर, विरगञ्ज, राजविराज, नेपालगञ्ज, भैरहवा, सौराहा आदी क्षेत्रमा छठ पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास छ ।

यसपटक विगतका वर्षहरु जस्तो भब्यताका साथ छठपर्व मनाउन सकिएन । कोरोना संक्रमणका कारण आज जनताले सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता रहेकाले छठ पर्वमा पनि असर पर्यो । त्यसो त पारिवारिक भेटघाट गर्ने तथा भिडभाड हुने कुनैपनि पर्वोत्सवहरु सामाजिक दुरी कायम गरेरै मनाउन सरकारले अनुरोध गरेको छ ।

विगतमा स्थानीय नदी, तलाउमा विशेष साजसज्जाका साथ छठ पर्व मनाइने गरिन्थ्यो । यसपटक ब्रतालुले आ–आफ्ना घर अगाडी पानी जमाएर छठ पर्व मनाएका छन् ।

Related News

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७७ मंसिर ६, शनिबार ०४:५० गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७७ मंसिर ६, शनिबार ०४:५० गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७७ मंसिर ६, शनिबार ०४:५० गते

 काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी...

TOP