काठमाडौं,मंसिर ६
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि मंसिर मसान्तभित्र क्रियाशिल सदस्य (नयाँ र नवीकरण) केन्द्रीय कमिटिमा पठाउन निर्देशन दिएको छ ।
महाधिवेशन नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
फागुन ७–१० मा कांग्रेसको महाधिवेशन गर्ने कार्यातालिका छ तथापि, कोरोना संक्रमणले तोकिएको मितिमा महाधिवेशन गर्न सहज छैन । पार्टी सभापति शेरबहादुर देउवाले पनि फागुनमा महाधिवेशन गर्न नसकिने भन्दै सार्नु पर्ने बताइरहेका छन् ।
कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका छन् । कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन तल्ला तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ ।
गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशीलको विवरण अनिवार्य रूपमा केन्द्र पठाउन पत्राचार गरिसकिएको छ ।
कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील वितरणका काम भइरहेको कांग्रेसले जनाएको छ । विवरण पठाउँदा क्रियाशीलको शुल्कसमेत पठाउनुपर्ने भनिएको छ । यस्तै प्रक्रिया पूरा नगरी क्रियाशील दिइएको पाइएमा त्यो नामावली स्वीकृत नहुने कांग्रेसले बताएको छ ।
फागुन १३ र साउन ३२ मा केन्द्रबाट जारी भएका परिपत्रअनुसार क्रियाशील उपलब्ध गराउन कांग्रेसले भनेको छ ।
कांग्रेसमा तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा। शशांक कोइराला, गगन थापा लगायत नेता छन् । यद्यपि, समय अभाव हुने देखिएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि पार्टीभित्र छलफल भइरहेको छ ।
यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ । विधानअनुसार देउवाले एक वर्ष कार्यकाल थपेका थिए । फागुन १९ मा उक्त कार्यकाल सकिँदैछ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...