२०७९ चैत्र १३
March 27, 2023, Monday

मेसीले बार्सिलोनामै करियर सकाएको हेर्न चाहन्छु : ग्वार्डिओला

मेसीले बार्सिलोनामै करियर सकाएको हेर्न चाहन्छु : ग्वार्डिओला

काठमाडौं,मंसिर ६
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिओनल मेसीले बर्सिलोनामै करिअर समापन गरेको हेर्ने चाहना रहेको बताएका छन् । बिहीबार मात्रै सिटीसँग दुई वर्षको सम्झौता नवीकरण गरेका ग्वार्डिओलाले आफ्नो पूर्व खेलाडीको बारेमा प्रश्न गर्दा यस्तो जवाफ दिएका हुन् ।

बार्सिलोनामा मेसीको सम्झौता अर्को समरमा सकिँदैछ । अर्को वर्ष जनवरी १ पछि मेसीले स्पेन बाहिरको कुनै पनि क्बलसँग प्रि कन्ट्रयाक्ट गर्न सक्छन् । ग्वार्डिओलाले सम्झौता नवीकरण गरेपछि मेसीसँग उनको नाम जोडिएको थियो । मेसीले गत समयमा क्लब छाड्ने मनसाय व्यक्त गरेपछि उनी सिटी जाने हल्लासमेत चलेको थियो ।

‘लिओनल मेसी बार्सिलोनाका खेलाडी हुन् । मैले हजारौँ पटक यो भनेको छु । एक समर्थकको रुपमा म चाहन्छु लिओ त्यही अन्त्य गरुन्,’ उनले भने, ‘तर उनको सम्झौता यसै वर्ष सकिँदैछ र मलाई थाहा छैन उनको दिमाखमा के हुनेछ । अहिलेका लागि उनी बार्सिलोनाका खेलाडी हुन् ।’

यस्तै ग्वार्डिओलाले बार्सिलोनासँग आफ्नो घनिष्ट सम्न्ध रहेको पनि बताए । उनले भने, ‘क्लबले मेरो लागि जे गरेको छ त्यसको लागि म बार्सिलोनाप्रति आभारी छु ।’

सन् २००८ देखि २०१२ सम्म क्याटलान क्लबको प्रशिक्षक रहेका ग्वार्डिओलाले मेसीसँग काम गरेका थिए । ‘एकेडेमीमा, खेलाडीका रुपमा, प्रशिक्षकका रुपमा, उनीहरुले मलाई सबैथोक दिए । अहिले मेसी बार्सिलोनाकै खेलाडी हुन् र जुन र जुलाईमा ट्रान्सफर विन्डो नआउँदासम्म त्यहीं रहनेछन्,’ उनले भने ।

ग्वार्डिओलाले अहिले खेलमा उपलब्धी हासिल गर्ने नै आफ्नो एकमात्र टार्गेट रहेको बताए ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७७ मंसिर ६, शनिबार ०६:५६ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७७ मंसिर ६, शनिबार ०६:५६ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७७ मंसिर ६, शनिबार ०६:५६ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP