काठमाडौं,मंसिर ६
राष्ट्रिय विभूति शंखधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सुत्राधार पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाकयले ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शाख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो। शालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले शाख्वा र तुलाधर दुबै ईतिहास पुरुष भएको बताए ।
नेपाल सम्वतलाई राष्ट्रिय संवतका रुपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उहाँले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्राजातान्त्रिक आन्दोलनका अगुवा शंखधर साख्वाको शालिक निर्माण हुनु ईतिहासको सम्मान भएको बताए ।
महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरुलाई विर्सन चाहेर पनि विर्सन नसकिने बताए ।
उपत्यकाबासीका लागि शंखधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उनीहरुलाई सधै सबैले चिन्न र देख्न सकुन भन्नेर सम्मानस्वरुप पार्कभित्र शालिक निर्माण गरिएको जानकारी दिए ।
कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालल, सहरी विकास राज्यमन्त्री रामविर मानन्धर, महानगर उपप्रमख हरि प्रभा खड्गी पनि सहभागि थिए ।
पछिल्लो समय विगतमा राजा र रानीहरुका नाममा रहेका संरचनाहरुलाई भत्काएर राष्ट्रिय व्यक्तित्वहरुको नामबाट नामाकरण गर्ने प्रचलन बढेको छ ।
त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट नामाकरण गरी आज साख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...