२०७९ भाद्र २
August 18, 2022, Thursday

समुदायस्तरमा कोरोना फैलिन थालेपछि बजार क्षेत्र सिल

समुदायस्तरमा कोरोना फैलिन थालेपछि बजार क्षेत्र सिल

काठमाडौं ,मंसिर ६
समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाका विभिन्न पालिकाका कार्यालय र मुख्य बजार सिल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टलाइ कोरोना पोजेटिभ देखिएपछि उनी हाल कोहलपुरको एक अस्पतालमा उपचाररत छन् ।

यस्तै कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनशीलता वली, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर केसी, वडा सचिप प्रदिप केसी लगायत अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा छन् ।

यसरी समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लाका विभिन्न क्षेत्रहरु सिल गरिएको छ । कालिमाटी गाउँपालिकामा यसअघि पनि केही कर्मचारीलाइ कोरोना पोजेटिभ देखिएपछि मंसिर ३ गतेदेखि गाउँपालिकाको कार्यालय र आसपासको क्षेत्र सिल गरिएको छ ।

शारदा नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष लगायत केही स्थानीयमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गते देखी जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सिल गरिएको छ । यस्तै कात्तिक २७ गतेदेखि बागचौर नगरपालिका सहित मुख्य बजार क्षेत्र थारमारे, वागचौर लगायतका क्षेत्र सिल गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा समेत अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीका साथै अन्य कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गते देखि आकस्मिक सेवा बाहेकका अरु सेवाहरु बन्द गरेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

हालसम्म जिल्लामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५७ रहेको छ । अहिले ती सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म पाँच सय ५० जना निको भएर डिस्चार्ज भइसकेका छन् । हाल सम्म जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

Related News

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
  • २०७७ मंसिर ६, शनिबार ०५:२२

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...

“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
  • २०७७ मंसिर ६, शनिबार ०५:२२

काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७७ मंसिर ६, शनिबार ०५:२२

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

TOP