२०७९ मंसिर १६
December 2, 2022, Friday

इराकमा हिंसात्मक आक्रमण : आइएसद्वारा सात प्रहरीको हत्या

इराकमा हिंसात्मक आक्रमण : आइएसद्वारा सात प्रहरीको हत्या

काठमाडौं, मंसिर ७

इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएको बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।

त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ ।

त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर हमला गर्ने गरेको छ ।शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ । राससरएएन-आई

Related News

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
  • २०७७ मंसिर ७, आईतवार १२:१६ गते

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि...

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
  • २०७७ मंसिर ७, आईतवार १२:१६ गते

काठमाडौ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित...

दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
  • २०७७ मंसिर ७, आईतवार १२:१६ गते

दोलखा, दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ...

TOP