काठमाडौं,मंसिर ७
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेका थिए । एटलेटिको म्याड्रिड ला लिगामा पछिल्लो २४ खेलमा अपराजित रहेको छ ।
यो जितपछि एटलेटिको ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । एटलेटिको म्याड्रिडको ८ खेलमा २० अंक भएको छ । यस सिजनमा ८ खेलमा एटलेटिकोले ६ जित र दुई बराबरी खेलेको छ ।
साथैयस सिजनको ला लिगामा कुनै पनि खेलमा हार नबेहोरेको टिम एटलेटिको मात्र रहेको छ । त्यस्तै बार्सिलोनाले भने यस सिजनको लिगमा तेस्रो हार बेहोरेको छ । बार्सिलोना ८ खेलमा ११ अंकसहित लिगको १०औ स्थानमा झरेको छ ।
केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...
नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...