काठमाडौं,मंसिर ७
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा झापाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाहुनडगी ४, मेचीनगरका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई मंसिर १ गते कोरोना देखिएको थियो । कोरोना पुष्टि भएपछि उनी वीपीको कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उपचारका क्रममा उनको आज आइतबार बिहान १ बजे मृत्यु भएको हो ।
काठमाडौं – काठमाडौंको खानेपानीमा दिसामा पाइने जीवाणु भेटिएको छ। जसले गर्दा हैजा फैलिएको विज्ञहरूले बताएका छन्। काठमाडौंमा हैजाका बिरामी देखिएपछि...
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...