कैलाली,मंसिर ७
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-१ बस्ने २२ वर्षीय लाले घर्ती थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती बालिकालाई सोही ठाउँस्थित नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा एक्लै पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका(८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिका(८ डुम्रा घर भएका २६ वर्षीय अशोक मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मेहताले ती युवतीलाई बिहीबार साँझ यौन दुर्व्यवहार गर्नुका साथै जबरजस्ती करणी उद्योग समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...