२०७९ चैत्र ९
March 23, 2023, Thursday

प्रधानमन्त्रीले अवधि नपुग्दै संसद विघटन गर्ने व्यवस्था छैन् :भीम रावल

प्रधानमन्त्रीले अवधि नपुग्दै संसद विघटन गर्ने व्यवस्था छैन् :भीम रावल

काठमाडौं,मंसिर ७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य भीम रावलले आफ्नो अवधि पुरा नहुँदै प्रतिनिधि सभा विघठन हुन नसक्ने बताएका छन् ।

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले संविधान बमोजिम निश्चित समय नपुगेसम्म प्रतिनिधि सभा विघटनको व्यवस्था नरहेको दावी गरे ।

प्रधानमन्त्रीले संसद विघठन गर्ने विकल्पको चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘मैले त त्यो सुनेको छैन तर म के कल्पना गर्न सक्दिन भने यो प्रतिनिधि सभा नेपालको संविधान बमोजिम जसरी गठन भएको छ, यो एउटा निश्चित समय नपुगेसम्म कसैले विघठन गर्ने कुरा सोँच्नु हुन्छ । आवेश उत्तेजनामा पाइला चालिहालेमा पाइला अगाडि बढ्न सक्छन् भन्ने कुरामा मलाइ विश्वास छैन ।’

नेता रावलले कुनै हालतमा पनि नेकपा नफुट्ने ठोकुवा गरे । पार्टी फुटाउन सजिलो नभएको उनको भनाइ थियो । ‘नेकपा माटोको हाडी होइन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने वित्तकै फुट्ने ।’ रावलले भने, ‘पार्टी कमजोर आधारमा पनि बनेको होइन ।’

पार्टी फुट्न सैद्धान्तिक विषय, महत्पूर्ण राष्ट्रिय विषय र प्रतिनिधि सभामा आवश्यक संख्या पु¥याउने जस्ता प्रकृयामा गएको हुनुपर्ने उनको भनाइ थियो । पार्टी फुटाएर दुई अध्यक्षले केही पनि हासिल नगर्ने रावलले बताए ।

‘पार्टी फुटाएर ९ओलीले० प्रधानमन्त्रीभन्दा ठूलो के पद पाउने रु, प्रचण्डले आठ लाख सदस्य भएको पार्टीको अध्यक्षभन्दा के पाउने रु’ उनले भने, ‘कि त कसै कसैले एमसीसी सम्झौता जसरी पनि पारित हुने सोच्नु प¥यो । नागरिकता सम्बन्धि विधेयक आउन नदिने सोच्नु प¥यो ।’

नेकपाको विवाद सैद्धान्तिक र नीतिगत मतभेद, भागवण्डाका लागि नभइ पार्टी विधि प्रणालीबाट चल्नुपर्छ, पार्टीका निर्णय, घोषणापत्र, प्रतिवद्धता, कार्यक्रम कार्यान्वयन गरेर जानुपर्छ भन्ने विषयको विवाद भएको नेता रावलले बताए ।

‘सैद्धान्तिक, नीतिगत मतभेद होइन, कतिपय कार्यशैलीगत, कतिपय विधि– पद्दतिसँग सम्बन्धित, पार्टीको विधि विधानलाई कार्यान्वयन गर्ने सम्बन्धि विवाद हो ।’ उनले भने ।

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७७ मंसिर ७, आईतवार ११:२३ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७७ मंसिर ७, आईतवार ११:२३ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७७ मंसिर ७, आईतवार ११:२३ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP