काठमाडौं,मंसिर ७
पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम इञ्चार्ज डा। भीम रावलले नेकपा कमजोर पार्टी नभएको बताएका छन् । कैलालीको धनगढीमा आइतबार प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले फुट्नका लागि नेकपा पार्टी कमजोर आधारमा बनेको पार्टी नभएको बताए ।
उनले नेकपा जतिवेला लोरोले हिर्कायो फुट्ने माटोको हाँडी नभएको बताए । उनले भने, ‘पार्टी के माटोको हाँडी हो, जसले जतिवेला लौरोले हिर्कायो फुट्यो, यो कमजोर आधारमा बनेको पार्टी होइन ।’
उनले प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डलाई व्यङ्ग गर्दै पार्टी फुटाएमा त्यो भन्दा ठूलौ पद के पाइएला र रु भनेर प्रश्न गरेका छन् । उनले भने, ‘केपी ओलीले पार्टी फुटाउने हो भने उनलाई प्रधानमन्त्री भन्दा ठुलो पद के पाइएला रु अनी प्रचण्डले पार्टी फुटाउने हो भनेउनी ८ लाख संगठित कार्यकर्ताका अध्यक्ष हुन्, यो भन्दा ठूलो पद के पाउलान् रु त्यसैले पार्टी फुट्दैन ।’
पार्टी विभाजनका लागि सैद्धान्तिक विषय हुनुपर्ने, पार्टी केन्द्रीय समितिको निर्णय हुनुपर्ने, प्रतिनिधिसभा सदस्यको अनुपात हुनुपर्ने भएकाले, कुनै पनि कुरा प्रकृयामा नजाँदै पार्टी फुट्ने हल्ला चलाइएको नेता रावलको भनाइ छ ।
नेता रावलले पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वयले आ-आफ्ना कुरा मात्रै अगाडि सारेको भन्दै अन्य नेताले पनि बोल्न पाउने अधिकार रहेको धारणा राखे। पार्टी कमिटीले गरेको निर्णय दुबै अध्यक्षले अनिवार्य मान्नुपर्ने नेता रावलको भनाइ छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...