२०७९ चैत्र १८
April 1, 2023, Saturday

विदेश जानेहरुको कोरोना परीक्षण लेभल-ए प्रयोगशालामा मात्रै :प्रवक्ता गौतम

विदेश जानेहरुको कोरोना परीक्षण लेभल-ए प्रयोगशालामा मात्रै :प्रवक्ता गौतम

काठमाडौं,मंसिर ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विदेश जानेहरूले अबदेखि सरकारका लेभल(ए प्रयोगशालामा मात्रै पीसीआर परीक्षण गराउनु पर्ने बताएका छन् ।

आज ९आइतबार० को प्रेस ब्रिफिङका क्रममा उनले सरकारले यस्तो निर्णय गरेको जानकारी गराएका हुन् । ‘विदेश जानेहरुको हकमा कोभिड १९ परीक्षण नेपाल सरकारका लेभल ए प्रयोगशालाबाट मात्रै गर्नेगरी व्यवस्था गर्नेरगराउने । सोको जानकारी स्वस्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई दिने पनि निर्णय भएको छ,’ प्रवक्ता गौतमले भनेका छन् ।

अहिले पिसिआर परीक्षण हुँदै आएका देशभरका ७८ वटा प्रयोगशाला मध्ये ३४ वटा प्रयोगशालालाई लेभेल(ए को मान्यता दिइएको छ । अब यी ३४ वटा प्रयोगशालाले मात्र विदेश जाने व्यक्तिको पिसिआर परीक्षण गर्न पाउने छन् ।

यस्तै उनले वैदेशिक यात्रा प्रयोजनका लागि आवश्यक कोभिड- १९ पीसीआर परीक्षण गर्दा नमुना दिने व्यक्तिको पहिचानका लागि बायोमेटिक वा सो किसिमको अन्य प्रणाली लागु गर्नेरगराउने निर्णय भएको पनि जानकारी गराए ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ मंसिर ७, आईतवार १२:४२ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ मंसिर ७, आईतवार १२:४२ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ मंसिर ७, आईतवार १२:४२ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP