काठमाडौं, मंसिर ७
लोकदोहोरी गायिका विष्णु माझि र गायक कुलेन्द्र विकको आवाजमा सजिएको ‘भिटामिन यु’ बोलको गीत सार्वजनिक गरिएको छ । सो गीतलाई आफ्नो मनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कृष्ण केसीले कोरेको शब्दमा हरि लम्सालले संगीत भरेका छन् भने, कृष्ण विक भान्जा ले एरेञ्ज गरेका छन् ।
पछिल्लो समय विष्णु माझिको आवाजमा गीतहरु कमै आउन थालेका थिए । माझिका श्रीमान् सुन्दरमणि अधिकारीले उनको पारिश्रमीक बढाएका कारण उनको आवाजमा गीत कम रेकर्ड हुन थालेका हुन् । तर अहिले भने फाट्टफुट्ट उनको आवाजमा गीत रेकर्ड हुन थालेका छन् ।
उक्त गीतमा कलाकार पल शाह, दुर्गेश थापा र गरिमा शर्मा फिचर्ड छन् । जसमा मौसम हिमालीको निर्देशन र प्रविन भट्टको सम्पादन रहेको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...