काठमाडौं,मंसिर ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको १९ को पीसीआर परीक्षण गर्ने स्टार र ह्याम्स अस्पतालसहित चार वटा ल्याबलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । पीसीआर परीक्षणमा लापरवाही भएका कुराहरु आइरहँदा मन्त्रालयले ल्याबलाई स्पष्टिकरण सोधेको हो ।
कोरोनाको नमूना भण्डारण नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
भदौ ३१ गतेको आइसीएसको निर्णय अनुसार कोरोना परीक्षण गर्न सबै ल्याबहरुलाई नेगेटिभको हकमा एक र पोजिटिभको हकमा तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको गौतमको भनाइ छ ।
नेपालमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति विदेशमा पुगेपछिको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिने प्रकरण बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो । साथै मन्त्रालयले कोरोना परीक्षण गर्न सबै प्रयोगशालाहरु इन्टरनल क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाइ कडाइका साथ लागू गर्न पनि निर्देशन दिएको छ ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...