२०८० चैत्र १५
March 28, 2024, Thursday

सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब

सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब

काठमाडौं,मंसिर ७
पश्चिम नवलपरासीमा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब दिन थालिएको छ । दबाब दिनेमा राजनीतिक दलका स्थानीय नेता पनि भएको पीडित परिवारजनले बताएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–२ की १५ वर्षीया बालिकामाथि २७ कात्तिकमा सामूहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार राति करिब ९ बजेतिर घरभन्दा केही टाढा रहेको नलमा पानी भर्न जाँदा दुईजनाले मुख छोपेर नियन्त्रणमा लिएका थिए । त्यसपछि घरबाट तीन सय मिटर टाढाको बगैँचामा लगेर सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले दिएको बयानका आधारमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजीव श्रेष्ठले बताए । पक्राउ पर्नेमा पाल्हीनन्दन गाँउपालिका–२ का १७ वर्षीय किसन केवट र १६ वर्षीय कृष्ण तेली गुप्ता रहेका छन् । ‘बालिकाले दुईजनालाई मात्रै चिनेको र रातिको समयमा अन्य पाँचजनालाई चिन्न नसकेको बताएकी छिन्,’ श्रेष्ठले भने, ‘पहिचान भएका दुवैलाई पक्राउ गरेका छौँ, अन्यको खोजी भइरहेको छ ।’

अहिले पक्राउ परेकालाई छुटाउन र घटनामा मिलापत्र गर्न आरोपितका आफन्तजनले दबाब दिन थालेका हुन् । मिलापत्र गर्न राजनीतिक दलका स्थानीय नेताले पनि दबाब दिइरहेको पीडित परिवारले बताएको छ । ‘अपराधमा संलग्नलाई कारबाही गर्नुको सट्टा नेताले पनि मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ बालिकाकी आमाले नयाँ पत्रिकासँग भनिन् ।

बलात्कारको आरोपमा पक्राउ परेकाहरू गाउँकै हुन् । त्यसैले गाउँका मानिसले पनि पैसा लिएर मिल्न दबाब दिन थालेका छन् । ‘गाँउघरको कुरा हो, केही गल्ती भएको छ, तर आपसी सहमतिमा कुरा मिलाउनुपर्छ भन्दै दबाद दिइरहेका छन्,’ उनले भनिन् । कहिले स्थानीय बासिन्दा र कहिले राजनीतिक दलका स्थानीय नेताले फोन तथा भेटेरै दबाद दिइरहेको पीडितका आफन्तजनले बताए ।

जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । किटानी जाहेरी आएको र दुईजना पक्राउ परिसकेकाले फरार रहेका पाँचजना पनि छिटै पक्राउ पर्ने श्रेष्ठले बताए ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७७ मंसिर ७, आईतवार ०५:०४ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ मंसिर ७, आईतवार ०५:०४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७७ मंसिर ७, आईतवार ०५:०४ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

TOP