२०७९ चैत्र ९
March 23, 2023, Thursday

क्राईम टिभी नेपालका प्रस्तोता कुशलभ केसी माथि कार्यकक्षमै हातपात

क्राईम टिभी नेपालका प्रस्तोता कुशलभ केसी माथि कार्यकक्षमै हातपात

सञ्चार चौतारी डट कममा सञ्चालक तथा क्राईम टिभी नेपालका प्रस्तोता कुशलभ केसी माथि कार्यकक्षमै हातपात भएको छ । समाचारको बिषयलाई लिएर आक्रोशीत भिडले कार्यकक्षमै पुगेर पत्रकार माथि आक्रमण गरेका हुन् । सिफलमा रहेको कार्यलयमा दनदहाडै हमला हुँदा प्रहरीले उल्टै पत्रकारलाई चौकीमा लैजानु खेद जनक घटना हो । उनिहरुले लछारपछार गर्नुका साथै तथानाम गाली गरेको भिडियोमा हेर्न सकिन्छ । बैशाख २ गते काभ्रेको पाँचखाल न पा वडा नम्बर ४ स्थित तामाघाटमा रहेको पुनस्थापन केन्द्रमा रहेका बर्ष २८ को सोम बहादुर दनुवारको निधन भए पछि दनुवारका आफन्तहरुले पुनस्थापन केन्द्र अगाडी नारावाजी गर्दै आक्रोश पोखेका थिए । सोही भिडियो क्राईम टिभी नेपालमा प्रशारण भएको भन्दै पुनस्थापन केन्दका पदाधिकारीहरु गाडी रिजर्भ गरेर राजधानी आएका थिए । समाचार प्रकाशन भएकै कारण भएको तल्लो स्तरको कार्यप्रति सञ्चार सम्बद्ध निकायहरुले भत्सर्ना ब्यक्त गरेका छन् भने दोशी उपर तत्काल कारबाही प्रकृया अगाडी बढाउन माग गरेका छन् । समाचार प्रकाशन भएको बिषयमा चित्त नबुझे कानुनी बाटो अपनाउनु पर्नेमा सञ्चार गृह मै गएर हुल हुज्जत गर्नु गैरकानुनी काम गर्दा समेत प्रहरीले काम नगरेकोमा चिन्ता ब्यक्त गरिएको छ ।

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७८ बैशाख ९, बिहीबार १०:०९ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ बैशाख ९, बिहीबार १०:०९ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ बैशाख ९, बिहीबार १०:०९ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP