२०८१ बैशाख ८
April 20, 2024, Saturday

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले आफुमाथी आक्रमण गर्नेहरुलाई माफी दिनुभएको छ।
पत्रकार केसी र उहाँको कार्यालयमा यही वैशाख ८ गते विहान करिव ११.३० बजेतिर विभिन्न सुधार गृहका सञ्चालक बताउने दर्जनौको संख्यामा आएका व्यक्तिहरुले धर्काउने, घेराउन गर्ने, नारावाजी गर्ने, भौतिक आक्रमण तथा तोडफोड गर्ने लगायतका कार्य गरेका थिए ।
सञ्चार गृहमै गएर सञ्चारकर्मीमाथी आक्रमण भएको भिडियो सार्वजनिक भएपछि घटनाको सर्वत्र विरोध भएको थियो । पत्रकार केसी आवद्ध अनलाइन टीभी पत्रकार संघ, नेपाल पत्रकार महासंघलगायतका संस्थाहरुले घटनाका दोषीलाई तत्काल कारबाही गर्न र आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चितता गर्न पनि माग गरेका थिए ।
घटना भएको भोली पल्ट संघको आयोजनामा काठमाडौको सिफल चौरमा विरोध सभा गरेर विरोध जुलुश सहितको टोली गौशालास्थीत प्रहरी कार्यालयमा गएको थियो । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
देशभरीका अनलाइन टीभीकर्मीहरुले पनि एकजुट भएर घटनाप्रति आक्रोश व्यक्त गरेपछि प्रहरीले दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तर आक्रमणमा प्रत्यक्ष दोषी देखिएकाहरुले सार्वजनिक रुपमा गल्ती स्विकारेर आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता जनाएपछि संघको आग्रहमा पत्रकार केसीले उनीहरुलाई माफी दिनुभएको हो ।
काठमाडौको बुढालिनकण्ठमा रहेको “वे अफ लिभिङ” सुधार गृह सञ्चालन गर्दै आएका र आक्रमणको नेतृत्व गरेका प्रशान्त शर्मा, काभ्रेको पाँचखाल —१ स्थीत “लाइफ भर्सेस इडिक्सन” सुधार गृहका संचालक नविन लामा लगायतले आफुहरुबाट आवेस र अन्जानमा गल्ती भएको, खुट्टा ढोग्न तयार रहेको भन्दै दर्जनौ सञ्चारमाध्यमहरुको अगाडि सार्वजनिक रुपमा माफी माग्नु भएको थियो ।
उहाँहरुले सञ्चारकर्मी र सञ्चार माध्यमप्रति पूर्ण सम्मान गरेको, आगामी दिनमा यस्ता घटना हुन नदिने र सहकार्य गर्ने बचनबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
माफी मगाउने कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले दोषीले गम्भीरतापूर्व गल्ती स्विकार गरेर आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि यसलाई सकारात्मक दिशा तर्फ लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले नकारात्मक घटनालाई सकारात्मक अवसरको रुपमा उपयोग गर्नु बुद्धिमानी हुने भएकाले माफी माग्ने र माफी दिने वातावरण बनेको बताउनुभयो ।
सञ्चार माध्यममाथी हुने यस्ता घटनाका विरुद्धमा एकजुट हुन र एकलाई पर्दा अरु सवैले अहिले झै साथ दिने संस्कृतिको विकास गर्न पनि अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो ।
विवादलाई सहमतीमा टुंग्याउन संघका बरिष्ठ उपाध्यक्ष सन्जीव रेग्मी, महासचिव पवन फुयाल, सचिव सरोज गिरी, पत्रकार सन्तोष देउजा, भोजराज थापालगायतले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
काभ्रेको पाँचखाल —१ स्थीत “लाइफ भर्सेस इडिक्सन” सुधार गृहका राखिएका सोम दनुवारको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएको र सो समाचार क्राइम टीभी नेपालबाट प्रसारण भएपछि सुधार गृहका सञ्चालकहरुले टीभीको कार्यालयमा र पत्रकार केसीलाई आक्रमण गरेका हुन् ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७८ बैशाख १३, सोमबार ०५:०५ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७८ बैशाख १३, सोमबार ०५:०५ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७८ बैशाख १३, सोमबार ०५:०५ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP