२०७९ चैत्र १९
April 2, 2023, Sunday

मुलुकभर ४ हजार ५२४ जना नयाँ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

मुलुकभर ४ हजार ५२४ जना नयाँ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६८१ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ हजार ६७२ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जना र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ५२४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ५५ संक्रमित निको भए, १८ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६८१ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २४ लाख ३२ हजार ८९ जनाको पीसीआररएन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

Related News

राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
राष्ट्रपति पौडेलको अवस्था सामान्य, आजै डिस्चार्ज हुने
  • २०७८ बैशाख १४, मंगलवार ११:४९ गते

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ बैशाख १४, मंगलवार ११:४९ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २०७८ बैशाख १४, मंगलवार ११:४९ गते

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

TOP