तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राममा ट्राफिक लाइट जडान गर्दैछ । मुलुकमैं काठमाडौं, पोखरापछि संभवत तिलोत्तममा यसरी ट्राफिक लाइट जडान गरिएको हो । मणिग्राम नगरको प्रमुख सवारी आवागमन हुने जक्सनको रुपमा छ । ट्राफिक लाइट जडानले यातायात व्यवस्थालाई चुस्त राख्न सहयोग पुर्याउने नगरपालिकाको अपेक्षा छ । यसको प्रभावकारितासँगै प्रमुख सडकका चोकमा ट्राफिक लाइट जडानलाई निरन्तरता दिइनेछ । ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व भने हामी सबैको रहने तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले बताउनुभयो ।
काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ। ‘केन्द्रीय...