काठमाडौँ – अनलाइन टिभी पत्रकार सङ्घले युट्युबमा विकृति गर्नेहरूलाई कारबाही गर्ने माग गरेको छ । बिहीबार सङ्घका पदाधिकारीहरूको टोलीले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई ज्ञापन पत्र बुझाउँदै विकृति गर्नेलाई कारबाही गर्न माग गरेको हो ।
युट्युबमा ठट्यौली खालका भिडियो बनाउने भनेर मानिसलाई मानसिक रूपमा टचर पुर्याएको भन्दै सङ्घले ध्यान आक्रषण गराएको हो । ज्ञापन पत्र बुझ्ने प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष बुढाथोकीले पत्रकारको नाममा अराजकता फैल्याउने जो कोहीलाई पनि काउन्सिलले कानुनको दायरामा ल्याउने बताए ।
‘पहिला हामी पत्रकार आचार संहिताको पालना गरेर पत्रकारिता गरिरहेका मिडियाहरूको पहिचान गछौँ’ सङ्घको टोलसँग उनले भने, ‘केही दिनमा इन्टरनेट मार्फत भिडियो पत्रकारिता गर्ने मिडियाहरूलाई सूचीकरणका लागि आह्वान गछौं । त्यसमा सुचीकृत भएकाहरू बाहेक सबैलाई कानुनी कारबाहीका लागि राज्यका निकायहरूसँग समन्वय गछौं ।’
प्रेस काउन्सिलले गलत काम गर्ने केही युट्युब च्यानलहरूलाई कारबाही समेत गरेको भन्दै गलत गर्ने कोही पनि कानुनको दायराभन्दा बाहिर जान नसक्ने बताए । उनले इन्टरनेटको माध्यमबाट भिडियो पत्रकारिता गरिरहेका मिडियाहरूको निगरानी गरिरहेको भन्दै सबैलाई आचारसंहिताको पालना गर्न आग्रह समेत गरेका छन् ।
काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र...
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा...
काठमाडौ, नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने...