२०८० चैत्र १६
March 29, 2024, Friday

युट्युबमा बिकृति फेैलाउनेलाई कारबाही गर्न अनलाइन टिभी पत्रकार सङ्घको माग ।

युट्युबमा बिकृति फेैलाउनेलाई कारबाही गर्न अनलाइन टिभी पत्रकार सङ्घको माग ।

काठमाडौँ – अनलाइन टिभी पत्रकार सङ्घले युट्युबमा विकृति गर्नेहरूलाई कारबाही गर्ने माग गरेको छ । बिहीबार सङ्घका पदाधिकारीहरूको टोलीले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई ज्ञापन पत्र बुझाउँदै विकृति गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

युट्युबमा ठट्यौली खालका भिडियो बनाउने भनेर मानिसलाई मानसिक रूपमा टचर पुर्‍याएको भन्दै सङ्घले ध्यान आक्रषण गराएको हो । ज्ञापन पत्र बुझ्ने प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष बुढाथोकीले पत्रकारको नाममा अराजकता फैल्याउने जो कोहीलाई पनि काउन्सिलले कानुनको दायरामा ल्याउने बताए ।

‘पहिला हामी पत्रकार आचार संहिताको पालना गरेर पत्रकारिता गरिरहेका मिडियाहरूको पहिचान गछौँ’ सङ्घको टोलसँग उनले भने, ‘केही दिनमा इन्टरनेट मार्फत भिडियो पत्रकारिता गर्ने मिडियाहरूलाई सूचीकरणका लागि आह्वान गछौं । त्यसमा सुचीकृत भएकाहरू बाहेक सबैलाई कानुनी कारबाहीका लागि राज्यका निकायहरूसँग समन्वय गछौं ।’

प्रेस काउन्सिलले गलत काम गर्ने केही युट्युब च्यानलहरूलाई कारबाही समेत गरेको भन्दै गलत गर्ने कोही पनि कानुनको दायराभन्दा बाहिर जान नसक्ने बताए । उनले इन्टरनेटको माध्यमबाट भिडियो पत्रकारिता गरिरहेका मिडियाहरूको निगरानी गरिरहेको भन्दै सबैलाई आचारसंहिताको पालना गर्न आग्रह समेत गरेका छन् ।

Related News

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०७८ जेष्ठ १३, बिहीबार १५:२६ गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
  • २०७८ जेष्ठ १३, बिहीबार १५:२६ गते

सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी...

त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
  • २०७८ जेष्ठ १३, बिहीबार १५:२६ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी २८ वर्षीया संगीता...

TOP