२०८० जेष्ठ २२
June 5, 2023, Monday

गरिब घरपरिवार पहिचान कार्यक्रम को समिक्षात्मक छलफल सम्पन्न ।

गरिब घरपरिवार पहिचान कार्यक्रम को समिक्षात्मक छलफल सम्पन्न ।

रूपन्देही, भैरहवा ।
जिल्ला समन्वय समिति रूपन्देही को अायोजनामा अाज जिल्ला का १६ वटै स्थानीय तहका सुपरिवेक्षक तथा फोकल पर्सनहरू का बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव झविन्द्र पाण्डे को प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रम को अध्यक्ष्ता जिल्ला समन्वय समिति का उपप्रमुख पशुपति नाथ यादव ले गर्नुभएको थियो। उक्त कार्यक्रममा रूपन्देहीका १६ वटै स्थानीय तहका सुपरिबेक्षक तथा फोकल पर्सनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति का सदस्य खेम प्रसाद लुइँटेलको स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन शाखा अधिकृत लक्ष्मि शर्माको रहेको थियो। कार्यक्रम को उद्देश्य माथि प्रकाश पार्दै जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सापकोटाले गणक तथा सुपरिबेक्षकले फिल्ड मा खटिदा भोगेका समस्या तथा चुनाेैतिका लागि मन्त्रालयबाट उपसचिव पाण्डे को टोलि लाई निमन्त्रणा गरेको बताउनुभयो । साथै सापकोटा ले जिल्ला समन्वय ले अाफ्नो क्षेत्राधिकार भित्र रहेर संघ र स्थानीय सरकार बिच समन्वयात्मक भुमिका खेल्ने बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा अामन्त्रित भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय का गरिब पहिचान मापदण्ड शाखा का उपसचिव झबिन्द्र पाण्डेले कार्यक्रममा सुपरिबेक्षक ले उठाएका विभिन्न बिषयका जवाफ दिनुभएको थियो। गरिबी पहिचान को तथ्याक संकलनमा खटिएका कर्मचारीले मन्त्रालय को निर्देशिका ले भने बमोजिमको सेवासुविधा दिने हुदा काममा दत्तचित्त भएर लाग्न अाग्रह गर्नुभएको थियो। कार्यक्रममा सहभागी सुपरिबेक्षक तथा अाईटि अफिसर एवम फोकल पर्सनले जिल्ला समन्वयको अायोजनमा समन्वयकारि कार्यक्रम अायोजना गरेको मा धन्यवाद दिदै थप प्रभावकारी भुमिकाको अपेक्षा रहेको बताएका छन।

Related News

‘सीटीईभीटी’का बेपत्ता कर्मचारीको खोजी तीव्र
‘सीटीईभीटी’का बेपत्ता कर्मचारीको खोजी तीव्र
  • २०७८ असार १८, शुक्रबार १३:३२ गते

सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका  सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ...

सुनको मुल्यमा उच्च वृद्धि
सुनको मुल्यमा उच्च वृद्धि
  • २०७८ असार १८, शुक्रबार १३:३२ गते

 बिहीबार सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च एक...

अस्पतालमा गर्भवती महिला मृत्यु प्रकरण : घटनाको छानविन गर्न समिति गठन गर्ने सहमति
अस्पतालमा गर्भवती महिला मृत्यु प्रकरण : घटनाको छानविन गर्न समिति गठन गर्ने सहमति
  • २०७८ असार १८, शुक्रबार १३:३२ गते

सिन्धुली अस्पतालमा गर्भवती महिलाको मृत्यु भएको घटनाको सत्य–तथ्य छानविन गर्न छानविन समिति गठन गर्ने सहमति भएको छ । जिल्ला प्रशासन...

TOP