भदाै २४, काठमाडाै । गृह मन्त्रालयको उत्कृष्ट कार्यसम्पादन मुल्यांकनमा ललितपुर दोश्रो नम्बरमा पर्न सफल भएको छ । मन्त्रालयले तय गरेका ६ वटा विषयगत क्षेत्रका आधारमा आर्थिक वर्ष २०७७।७८ को वार्षिक कार्यसम्पादनमा ७७ जिल्लामा द्धितिय पुरस्कार पाउन सफल हो । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार कार्यसम्पादन मुल्यांकनको नतिजामा ललितपुर दोश्रो नम्बरमा परेको हो ।
कार्यसम्पादनमा दोश्रो नम्बरमा आउनु खुसीको कुरा भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रजिअ निरौलाको भनाई छ ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएको गृह मन्त्रालयले जनाएको छ ।
६ पुस २०७७ देखि ललितपुरको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका निरौलाले जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमनलगायतका विषयलाई थप प्राथमिकताका साथ हेरिरहेका छन् ।
काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र...
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा...
काठमाडौ, नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने...