भदाै २९ ,काठमाडौं । नेकपा माओवादी केन्द्र्बाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरुमा आकांक्षीको संख्या धेरै भएपछी कसलाई पठाउने भने विषय पेचिलो बन्ने देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैले सरकारमा मन्त्रीको नाम पठाउन अत्यन्तै सकस पर्ने संभावना देखिएको स्वीकार गरिसकेका छन् । तर माओवादी मन्त्रीहरु छनोट सजिलो हुने भने देखिएको छैन। माओवादी केन्द्रबाट मन्त्री हुनेको सुचीको अग्रपंक्तिमा रुकुम पुर्व बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाको पनि चर्चा हुन थालेको छ । माओवादी केन्द्र्मा प्रत्यक्ष निर्वाचित सांसदमध्ये अहिले मन्त्री नबनेकी नेतृ रोका हुन् । कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बिना मगर यस अघि एमाले माओवादी केन्द्रको पटीेे एकता भइ बनेको पाटी नेकपा हुँदा तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलि नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनिसकेकि छन् भने ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट पम्फा भुसाल अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार उर्जामन्त्री छन् माओवादी जनयुद्धमा विभिन्न मोर्चामा संलग्न रहेकि रोका पनि देउवा नेतृत्वको सरकारमा मन्त्रीको सुचीमा पठाउने नाममा चर्चामा छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत रोकाको बारेमा सकारात्मक रहेको जनाइन्छ । २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा अति दुर्गम मगर किसान परिवारमा जन्मिएकि रोका माओवादीले थालेको १० वर्ष जनयुद्धको पहिलो महिला छापामार समेत हुन् । माओवादी जनयुद्धमा विभिन्न मोर्चामा अग्रपंक्तिमा लडेकी उनी जनमुक्ती सेनाको बिग्रेट कमान्डर समेत थिइन । यस्तै माओवादीले जन युद्ध को सुरुवात गरे को दिन २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी आक्रमणको क्रममा पहिलो महिला छापामारको रूपमा समेत सहभागी भएकी थिइन । कथा तथा निबन्ध लेख्ने उनी अमेरिकी पत्रकार जुलि द्वारा निर्देशित बृत्तचित्र ‘सारी सोल्जर’ मा रहेका पात्रहरु मध्ये एक हुन । पुर्वि रूकुम लुम्बिनी प्रदेशको एकमात्र विकट हिमाली जिल्ला मात्रै नभएर कान्छो जिल्ला पनि भएकाले जिल्लाको सर्वाङ्गीण विकासका निमित रुकुम पुर्वले एक पटक मन्त्री पाउदा ठिक हुन्छ भन्ने मत पार्टिमा पनि बलियो बन्दै गएको छ । महिलामा प्रत्येक्ष निर्वाचित पाटिका तीन सांसदमा उहाँ मात्रै मन्त्री नबनेकाले पनि यो पटक मौका दिनुपर्छ भने मत पार्टिमा बलियो र पोचिलो बनेको छ ।यघपि पार्टिले के निणय गर्छ आजै भन्न सकिने अवस्था भने छैन , रुकुम पुर्वका एक नेताले भने । “पार्टि संगठन को काममा जिल्ला भ्रमण मा रहेकी सांसद रोकाले भने पार्टिले न्यायोचित निर्णय गर्नेमा आफू आशावादी रहेको जनाइन । पार्टि संगठनको कामको सिलसिलामा जिल्लामा छु ,पार्टिले जिम्मेवारि दिएको खण्डमा जस्तोसुकै भुमिका निभाउन तयार छु ” संक्षिप्त कुराकानीको क्रममा सञ्चार चौतारी सगंको कुराकानीमा रोकाले भनिन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठक मा शिर्ष नेताहरू संग मन्त्रीको नामावली छिटो दिन आग्रह गरिसकेका छन । अबको केहि दिनमा मन्त्रीपररिषद्लाइ पुर्णता दिने गरेर तयारी थालिए पछि मन्त्री को को बन्ने भन्ने बारेमा छलफल सुरु भइसकेको जनाइएको छ ।
काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ। ‘केन्द्रीय...