२०७९ चैत्र १८
April 1, 2023, Saturday

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ४ महिने अभियान चलाउने ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ४ महिने अभियान चलाउने ।

भदाै ३१ ,काठमाडौं  । नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले देशब्यापी रुपमा ४ महिने “बीज अभियान” संचालन गर्ने भएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको प्राप्तिको निम्ति बलिदान र संघर्ष गरेको अनेमसंघ (क्रान्तिकारी)ले देशव्यापी रुपमा “संविधान प्रदत्त महिला अधिकार कार्यान्वयन हाम्रो अभियान, एकताबद्ध महिला संगठन, सुदृढ विस्तार र महिला जागरण” भन्ने नाराका साथ (बिस्तार र महिला जागरण) अभियान संचालन गर्न लागेको संघकी अध्यक्ष अमृता थापाले जनकारी दिईन् ।

उनका अनुसार, संविधान कार्यान्वन संगै समाजबादको बीच रोप्ने लक्ष्यका साथ देशव्यापी रुपमा मंसीरसम्म गर्न लागिएकोे उक्त अभियान अशोज ४ गते ७५३ वटै पालिकामा माग पत्र पेश गरेर औपचारिक शुरुआत गर्न लागेको हो । संविधान, विधि पद्धति माथि प्रहार भई के.पी. वलीको प्रतिनिधिसभा विघटन विरुद्ध शसक्त रुपमा लागेका महिलाहरु प्रतिगमनको खतरा टरी नसकेको कुरा आम जनसमुदायसंगै लैजादै महिलाहरु सगठित र परिचालित भए मात्र महान् शहिदहरुले रगत बगाएर ल्याएको उपलब्धीको रक्षा गर्दै विकास गर्न सकिने धारणा अनेमसंघ (क्रान्तिकारी)को रहेको अध्यक्ष थापाले बताईन्  ।

सोही अभियानको तयारीको क्रममा केन्द्रीय समितिको बैठक सम्पन्न पश्चात सवै प्रदेशको बैठक र जिल्लाका बैठकहरु सम्पन्न हुंदै तयारी पूरा भएको संघकी केन्द्रीय अध्यक्ष थापाले बताइन् । उक्त अभियानको लक्ष्य समाजमा भएका त्यो पनि आधारभूत रुपमै व्यवहारमा रहेका विकृति विसंगति हटाउंदै संविधानको कार्यान्वयन, महिलाहरुलाई राजनैतिक रुपमै जागरुक पारेर संगठित र नेतृत्व विकाश गर्ने र समानतामा आधारित समाज निर्माण रहेको छ ।

Related News

फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो
फेरि बढ्यो सुनको मूल्य, चाँदी सस्तियो
  • २०७८ भाद्र ३१, बिहीबार ०८:५८ गते

काठमाडौ, सुनको मूल्य बुधबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँका दरले मूल्य बढेको...

सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै
सन्दीपको निलम्बन फुकुवा र लिग विवादका बिषयमा निर्णय गर्न क्यानको कार्यसमिति बैठक बस्दै
  • २०७८ भाद्र ३१, बिहीबार ०८:५८ गते

काठमाडौ, नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र...

प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत
प्रधानमन्त्री दाहाललाई ऐतिहासिक बहुमतसहित विश्वासको मत, विपक्षमा मात्र दुई मत
  • २०७८ भाद्र ३१, बिहीबार ०८:५८ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । उनले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा...

TOP