युवा गायक रमेस सार्थक र नव गायक बिज्ञान न्यौपानेको आवाजमा रहेको ‘कस्तो मन रैछ’ नामको लोकगित सार्वजनिक भएको छ ।
तीज सकिए लगत्तै ‘कस्तो मन रैछ’ बोलको लोक गीत सार्वजनिक गरिएको हो । कृष्ण बस्यालको लय तथा संगीत रहेको उक्त गीतमा चितवन खैरानी निवासी विज्ञान न्यौपाने र बागलुङ निवासी रमेश सार्थकले आवाज भरेका छन् । सार्थक लोक दोहोरी क्षेत्रमा राम्रो संभावना बोकेका युबा कलाकार हुन् भने न्यौपानेको यो पहिलो गीत हो । सर्त ” नामको एल्बम बाट गीत संगीतमा लागेका रमेश सार्थकको भने यो दोश्रो गीत हो ।
बाग्लुङ को जैमिनी नगरपालिका 7 जैदिमा जन्मिएका सार्थक लोक दोहोरिमा भिज्दै गरेका कलाकार हुन ।
युबा गायक सार्थकका अनुसार उक्त गीतमार्फत संगीतकार बस्यालले प्रेम वियोगलाई उतारेका छन् । केटाकेटी बीचको मन मुटाव रहेको उक्त भिडियोलाई रमेश विक रसाइलीले छायांकन र संपादन गरेका हुन ।
न्यौपाने र सार्थकको अभिनय रहेको उक्त गीतको भिडियो कृष्ण बस्यालको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । त्यस्तै उनको बनकी चरी, सिमलैमा मैना जस्ता अरु चर्चित गीत पनि यसअघि सार्वजनिक भइसकेका छन् ।
काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ। ‘केन्द्रीय...