काठमाडौं । दसैंको समयमा खसी र घुस रकम मागेको आरोपमा एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुसन्धान थालेको छ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज इन्स्पेक्टर शंकर खड्काले आचरणबिपरीत क्रियाकलाप गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा गुनासो पुगेपछि आइजीपी शैलेश थापा क्षेत्रीले ट्राफिक प्रहरी महाशाखालाई छानविन गर्न निर्देशन दिएका छन्।
खड्कामाथि दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागेको आरोप लागेको छ। महाशाखाका हाकिम र प्रहरी प्रधान कार्यालयका हाकिमहरुलाई पनि बुझाउनुपर्छ भनेर उनले खसी र पैसा मागेको सूचना आइजीपी क्षेत्रीसमक्ष पुगेपछि अनुसन्धानमा तानिएका हुन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले इन्स्पेक्टर शंकर खड्कामाथि आचरणबिपरीत क्रियाकलाप गरेको आरोपमा छानविन भइरहेको स्वीकार गरेका छन्। कलंकीदेखि नागढ्रुंगासम्मका बालुवा डिपोहरुसँग मासिक घुस संकलन गर्दैआएको आरोप इन्स्पेक्टर खड्कामाथि छ ।
त्यस्तै नैकाप र आसपासका क्षेत्रमा मापसे चेकिङका नाममा घुस असुलेर दु:ख दिने गरेको भन्दै गुनासो आएपछि उनीमाथि अर्को छानविन भइरहेको छ।
प्रहरी स्रोतका अनुसार छानबिनका क्रममा कलंकी यातायात ब्यवसायी संघबाट खड्काले खसी र घुस लगेको पुष्टि भएको छ । तर, खड्कालाई जोगाउने तयारी भएको छ। खड्कालाई कारबाहीस्वरुप निलम्बनको तयारी भएपछि जोगिनका लागि उनले बालुवाटार र माओवादीका नेतामार्फत सोर्सफोर्स लगाएका छन्।
खड्का रोल्पामा समेत बसेकाले माओवादीका नेताहरुसँग सम्बन्ध बनाएका थिए । त्यही सम्बन्धका आधारमा खसी र घुस लिएको पुष्टि हुँदा पनि सरुवा समेत रोकाउन सफल भएको प्रहरीमा चर्चा छ।
खड्काले शिक्षा मन्त्री तथा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलनिकट बिचाैलियालाई प्रयोग गरी प्रहरीको छानविनलाई प्रभावित पारेको प्रहरी स्रोत वताउँछ । यसअघि केपी ओली सरकारका पालामा एमाले निकट अनेरास्ववियुका तत्कालीन संयोजक ऐन महरमार्फत् बलम्बुको इन्चार्ज भएका थिए ।
बलम्बुमा हुँदा पनि उनी धेरै विवादमा परेका थिए । तत्कालिन आईजीपी सर्वेन्द्र खनालमाथि दबाब दिन लगाएर इन्स्पेक्टर खड्का बलम्बु जान सफल भएका थिए ।
अहिलेसम्म रोल्पाको एउटा इप्रका, बलम्बु र कलंकी ट्राफिक समेत तीन वटा इन्चार्ज भइसकेका इन्स्पेक्टर खड्का अति विवादित प्रहरीका रुपमा चिनिन्छन्। उनी जहाँ बस्दा पनि घुस असुलीमा विवादमा पर्दैआएका छन् ।अनलाइन नेपाल
अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१०...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि...
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले...